आइतबार, जेठ ६, २०८१

एपीएफमाथि सातदोबाटोकाे सानदार जित

नेपालखोज २०८० वैशाख ३० गते २१:३६

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ ।

दशरथ रंगशाला आज भएको दोस्रो खेलमा सातदोबाटोले विभागीय क्लब एपीएफमाथि ३–० गोलको सहज र शानदार जित दर्ता गरेको हो ।

सातदोबाटोको जितमा दीपक सिंह ठकुरीले २ गोल गर्दा विलियमले १ गोल थपेका थिए । १३ औं मिनेटमा विलियमले गोल गरेपछि सातदोबाटोले अग्रता लियो ।

३६ औं मिनेटमा दीपकले गोल गरेपछि सातदोबाटो पहिलो हाफमा २–० को सहज अवस्थामा रहेको थियो । ७७ औं मिनेटमा दीपकले नै व्यक्तिगत दोस्रो गोल गर्दा सातदोबाटोले ३–० को फराकिलो जित निकाल्न सफल भयो ।

जितपछि सातदोबाटो २६ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने पराजित भएको एपीएफ २२ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया