आइतबार, जेठ ६, २०८१

दिल्ली पञ्जाबसँग पराजित

नेपालखोज २०८० वैशाख ३१ गते ५:२३

पञ्जाब किंग्स-१६७/७ (२० ओभर) प्रभसिमरन सिंह १०३, इशान्त शर्मा २/२७

दिल्ली क्यापिटल्स-१३६/८ (२० ओभर) डेभिड वार्नर ५४ रन, हरप्रीत बरार ४/३०

म्यान अफ द म्याच-प्रभसिमरन सिंह

काठमाडौं । हरप्रीत बरारको करिष्म्याटिक बलिङका कारण पञ्जाब किंग्सले आईपीएल २०२३ को ५९ औं खेलमा दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको छ ।

सुस्त पिचमा दिल्ली क्यापिटल्स सजिलैसँग १६८ रनको लक्ष्यतर्फ अघि बढेको थियो तर पञ्जाब किंग्सले पाँच ओभरमा ६ विकेट लिएर खेललाई आफ्नो कब्जामा लिएको थियो। दिल्लीले २० ओभरमा आठ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

पञ्जाबका लागि हरप्रीतले ३० रन दिएर चार विकेट लिए । यसअघि पञ्जाबका ओपनर प्रभसिमरन सिंहले उत्कृष्ट १०३ रन बनाएका थिए ।

प्रभसिमरन सिंहले ब्याट र हरप्रितले बलमा आफ्नो टिमका गेम चेन्जर साबित भए । आईपीएल २०२३ मा पञ्जाब किंग्सको यो छैटौं जित हो।

उसको खातामा अहिले १२ अंक छ र पञ्जाब अंक तालिकाको छैठौं स्थानमा पुगेको छ । यता अन्तिम स्थानमा भएको दिल्ली प्लेअफको दौडबाट बाहिरिएको छ ।

प्रतिक्रिया