शनिबार, असार २१, २०८२

आज इन्टरनेशनल मदर्स डे

नेपालखोज २०८० वैशाख ३१ गते ८:१२

काठमाडौं । आज अन्तर्राष्ट्रिय रूपमा आमाको दिन हो । आमा सबैभन्दा महत्त्वपूर्ण छिन । भनिन्छ – एक आचार्य दस उपाध्याय बराबर हुन्छन् ।

एक बुबा सय शिक्षक बराबर हुन्छन् भने आमा हजार बुबा भन्दा ठुली हुन्छिन् । आमा जस्तो सहिष्णु कोही हुँदैनन् । यो कुरा स्वामी विवेकनन्दको एउटा कथाबाट पनि बुझन सकिन्छ ।

एक दिन कसैले स्वामी विवेकनन्दसँग सोधे – यो संसारमा आमालाई किन सबैभन्दा बढी महत्त्व दिइन्छ ?

स्वामीले ती व्यक्तिलाई पाँच किलोको एउटा ढुङ्गा कपडामा बेरेर कम्मरमा बाँध्न भने । त्यसपछि दिनभर यसरी नै बस्न आदेश दिँदै भने भोलि बिहान मलाई भेट्न आउनु । त्यसपछि मात्र म तिम्रो प्रश्नको जवाफ दिनेछु । ती व्यक्तिले स्वामीजीको आज्ञा पालन गरे र कम्मरमा ढुङ्गा बाँधे ।

त्यस पछि केही घण्टामा उनी फेरि स्वामीजीकहाँ आए र भने कि स्वामीजी तपाईँले मलाई एउटा प्रश्न सोध्दा यति ठुलो सजाय किन दिनुभयो ?

स्वामीजीले भने – तिमी यो ढुङ्गाको भार केही घण्टा पनि बोक्न सक्दैनौ । जबकि आमाले बच्चालाई नौ महिनासम्म आफ्नो गर्भमा राखेर नथाकिन घरको सबै काम गर्छिन् । संसारमा आमा भन्दा सहिष्णु र महान् कोही छैन भन्ने कुरा यसबाट पनि जान ।

प्रतिक्रिया