बुधबार, जेठ २९, २०८२

मिसन ग्रासरुटले नयाँ गतिको आधार सिर्जना गरेको छ : महासचिव पोखरेल

नेपालखोज २०८० वैशाख ३१ गते ८:३८

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दावी गरेका छन् ।

आम नागरिकमा नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गर्न लागेको सन्दर्भमा टिप्पणी गर्दै पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिल्यै पुराना नहुने जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘नेकपा (एमाले) विचारको जगमा खडा भएको जीवन्त पार्टी हो । समाजवाद नेकपा (एमाले)को लक्ष्य हो । जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको एमालेको बाटो हो ।’

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले मार्क्सवाद र जनताको वहुदलिय जनवादको मार्गदर्शनमा अघि वढेको पार्टी यथास्थितिवादी हुन नसक्ने बताएका छन् ।

माओवादी केन्द्रसंगको पार्टी एकतासंगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन नसकेको र संगठनात्मक अराजकता बढेको बताएका छन् । परिणाम स्वरुप पार्टीको गति केही कमजोर भएको स्वीकार गरेका छन् ।

पार्टी भित्रको गतिहिनतालाई मिसन ग्रासरुटले तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको उनले दावी गरे । उनले भने, ‘नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल हुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ ।’

प्रतिक्रिया