सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०८० वैशाख ३१ गते ११:२७

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन शुक्रवारकै मूल्य एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजाबी सुन शुक्रवारकै मूल्य प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ नै तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ ।

महासङ्घका अनुसार आइतबार चाँदी शुक्रवारकै मूल्य एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया