सेनाले धौलागिरि हिमपातमा परी बेपत्ता व्यक्तिको शव काठमाडौं ल्यायो

नेपालखोज २०८० वैशाख ३१ गते ११:४७

काठमाडौं । नेपाली सेनाले धौलागिरि हिमपातमा परी बेपत्ता व्यक्तिको शव काठमाडौं ल्याएको जानकारी दिएको छ ।

२०७९ आश्विन २० गते धौलागिरि हिमालमा भएको भारी हिमपातमा परि हराई रहेका माउन्टेन गाइड राम बहादुर तामाङको शव २०८० वैशाख ३० गते बेसक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौं ल्याइएको हो ।

मृतक तामाङ २०७९ आश्विन ०५ गते धौलागिरि हिमाल आरोहणको लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा आश्विन २० गते भएको भारी हिमपातका कारण बेपत्ता भएका थिए ।

त्यस बेला देखि नै निजको उद्धारका लागि विभिन्न प्रयासहरू गरिँदै आइएकोमा प्रतिकुल मौसमका कारण कठिनाइ भइरहेको थियो ।

पछिल्लो पटक नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरू सम्मिलित टोलीले २०८० वैशाख २८ र २९ गते खोज्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको निजको शवलाई बेसक्याम्पसम्म ल्याइएको हो ।

प्रतिक्रिया