शनिबार, वैशाख १५, २०८१

अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन

नेपालखोज २०७७ कार्तिक १४ गते १४:२८

काठमाडौं । अपि पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर शुक्रबार कात्तिक १४ गते देखि बिक्रीमा ल्याएको छ । अपि पावरले १०० कित्ता बराबर ४७ कित्ताको अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको हो ।

हकप्रद निष्काशनका लागि गत चैत १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । चैत १ गतेभन्दा पहिले कायम शेयरधनीले मात्र अपिको हकप्रदमा आवेदन गर्न पाउने छन् । हकप्रदमा मंसिर ४ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।

सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन भएको हकप्रदमा नक्सालस्थित क्यापिटलको कार्यालय, थापाथलीस्थित अपि पावरको कार्यालय, ग्लोबल आईएमई बैंक र सिद्धार्थ बैंकका निश्चित शाखाहरुबाट आवेदन दिन सकिने जनाएको ।

यसका अलावा मेरो शेयरबाट पनि आवेदन गर्न सकिनेछ भने मेरो शेयर नलिएका शेयरधनीले आफ्नो खाता रहेको बैंकमा पुगेर आस्वा प्रणाली मार्फत पनि आवेदन गर्न सक्नेछन् ।
१ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको अपीले ४७ प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुयाउनेछ ।

प्रतिक्रिया