आइतबार, जेठ ६, २०८१

जावलाखेल मनाङसँग बराबरीमा रोकियो

नेपालखोज २०८० वैशाख ३१ गते १७:३३

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

चौथो बराबरीपछि जावलाखेलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने अवसर गुमाएको छ । ९ जित ४ बराबरी र ५ हारको नतिजा निकालेको जावलाखेल १८ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया