सांसदले प्रतिनिधिसभामा मर्यादित पोशाक लगाउनुपर्ने

नेपालखोज २०८० वैशाख ३१ गते २०:४८

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको छ ।

सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित दलका प्रमुख सचेतक र मनोनीत सांसद रहने समितिले प्रतिनिधि सभा बैठकमा सांसदहरूले टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको हो। सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा पोशाकलाई छलफलको विषय बनाएका थिए।

नेकपा एमालेकी सांसद विद्या भट्टराईले कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले पोशाक तोक्न सक्ने व्यवस्था प्रतिनिधि सभाको नियमावलीले गरेको बताइन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले औपचारिक पोशाक अथवा परम्परा, संस्कृति झल्कने पोशाक लगाउने भनेर नियमावलीमा लेखिएको बताए।

प्रतिक्रिया