आइतबार, जेठ ६, २०८१

आईपीएल : कोलकाताको सहज जित

नेपालखोज २०८० जेठ १ गते ६:०२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दोस्रो स्थानको चेन्नाई सुपर किङ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । 

कोलकाताको जितमा कप्तान नितिश कुमारले ४४ बलमा ६ चौका र एक छक्कासहित ५७ रन बनाए । रिन्कु सिंहले ५४ रन बनाए । रिन्कुले ४३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यी दुईले ३३-३ को नाजुक अवस्थाबाट ९९ रनको साझेदारी गर्दै कोलकातालाई जितसम्म डोहोर्याएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो ।चेन्नाईका सिवम दुबेले ४८ रन बनाएका थिए । डेविड कोन्वेले ३०, रवीन्द्र जडेजाले २०, रितुरात गाइकवाडले १७ र अजिन्क्या रहानेले १६ रन जोडे । 

कोलकाताका वरुण चक्रवर्ती र सुनील नारिनले समान दुई विकेट लिए । शार्दुल ठाकुर र वैभव अरोराले एक-एक विकेट लिए ।जितसँगै १३ खेलबाट १२ अंक जोडेको कोलकाता तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको चेन्नाई तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया