टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइने
नेपालखोज
२०८० जेठ १ गते ८:२०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइने भएको छ । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।
रायमाझीलाई म्याद थपका लागि आज अदालत लगिने प्रहरीले जनाएको छ । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । उनलाई फरारको सूचीमा राखेर खोजी गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया