बिहीबार, जेठ ३०, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणबारे एमालेले माग्यो प्रगति विवरण

नेपालखोज २०८० जेठ १ गते १४:१६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे विवरण माग गरेको छ । प्रतिनिधिसभामा बोल्दै ​​​​​​​सांसद् ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । 

प्रतिनिधिसभामा बोल्दै सांसद् गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म गरेका प्रगति विवरणबारे संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । गैरेले निष्पक्ष छानविन हुन्छ भन्नेमा जनतालाई विश्वास नभएको बताए ।

प्रतिक्रिया