आइतबार, जेठ ६, २०८१

मलेसिया सिरिजका लागि १८ खेलाडी प्रशिक्षणमा

नेपालखोज २०८० जेठ १ गते १६:३२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियाविरुद्ध हुने ५ खेलको महिला टि २० अन्तर्राष्ट्रिय सिरिजका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

मलेसियाको युकेएम ओभलमा हुने सिरिजका लागि स्याम्सन जंग थापाको प्रशिक्षणमा नेपाली टोलीको घोषणा गरिएको हो । रुविना क्षेत्री कप्तान रहेको टोलीमा हाललाई १८ टोलीले प्रशिक्षण गर्नेछन् । युवा खेलाडी कृतिका मरासिनी, सृष्टि जैशी, सोनी पाख्रिन र सम्झना खड्काले टोलीमा स्थान बनाएका छन् ।

मेयर्स कपमा ललितपुरको टोलीबाट कृतिकाको प्रदर्शन राम्रो थियो । पुलिसकी सम्झनाले नवौं राष्ट्रिय खेलकुद र मेयर्स कपमा उत्कृष्ट ब्याटिङ गरेकी थिइन् । युवा अलराउन्डर सोनीले पनि बागमतीका लागि लगातार राम्रो खेल्दै आएकी छिन् ।

त्यस्तै अनुभवी अलराउन्डर सरस्वती चौधरी पनि टोलीमा फर्किएकी छिन् ।

टोली :

रुविना क्षेत्री, सीता रानामगर, इन्दु वर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्मचार्य, संगीता राई, विन्दु रावल, ममता चौधरी, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासिनी, सम्झना खड्का, सोनी पाख्रिन, इश्वरी विष्ट, सृष्टि जैशी र सरस्वती चौधरी

प्रतिक्रिया