शुक्रबार, वैशाख २१, २०८१

बालेनले सार्वजनिक गरे भ्रष्टाचारको प्रमाण पठाउने नम्बर

नेपालखोज २०८० जेठ १ गते २१:५०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भ्रष्टाचारको प्रमाण पठाउने नम्बर सार्वजनिक गरेका छन् ।

महानगरको कार्यालयमा कुनै पनि कर्मचारीले सरकारी काम गरेवापत पैसा मागेमा अडियो भिडियो प्रमाण पठाउन नम्बर सार्वजनिक गरेका छन् । उनले प्रमाणसहित भ्रष्टाचारको विरोधमा उत्रन अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ । हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगरपालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला, भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।’

भ्रष्टाचारको प्रमाण पठाउनेको नाम गोप्य राखिने बालेनले बताएका छन् । उनले ९८६३५९२०११ नम्बरमा ह्वाटअप गर्न सार्वजनिक अपिल गरेका छन् ।

प्रतिक्रिया