आइतबार, जेठ ६, २०८१

सहिद भिमदत्तको स्मृतिमा पुस्तकालय स्थापना

नेपालखोज २०८० असार २३ गते १८:१६

काठमाडौं । किसान नेता तथा सहिद भीमदत्त पन्तको स्मृतिमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सहिद पन्तको जन्मथलो कारिगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरिएको हो ।

शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले अमरगढी नगरपालिका–२ कारीगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरे ।

सहिद पन्तको जीवनीसँगसम्बन्धित किताब र उनको पहलकदमी थालनी गरिएका कामा तथा प्रकाशित कृति पुस्तकालयमा राखिएको छ ।

पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट छुट्टयाइएको थियो ।

प्रतिक्रिया