मेघगर्जन/चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना
नेपालखोज
२०८० जेठ २ गते ५:५२

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/ हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको तथा पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति कोसी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/ हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया