बिहीबार, जेठ २, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसँग आज पनि बयान लिइँदै

नेपालखोज २०८० जेठ २ गते ७:४६

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिने भएको छ । गत बिहीबार पक्राउ परेका उनकाे हिजाेबाट बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।   

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागेपछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिएपछि खाँण सो पक्ररणमा तानिएका हुन् ।

साथै, तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।  

प्रतिक्रिया