शुक्रबार, वैशाख ७, २०८१

इन्टरनेटको तोकिएभन्दा बढी शुल्क नलिन दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपालखोज २०८० जेठ २ गते १०:५६

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउन निर्देशन दिएको हो ।

प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ ।

प्रतिक्रिया