शुक्रबार, जेठ ३, २०८२

हरेक प्रश्नमा घोरिन्छन् खाण

नेपालखोज २०८० जेठ २ गते १५:४३

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अदालतबाट थुना अनुमति लिएकै दिन सोमबार पूर्वमन्त्री टोपबहादुर रायमाझीको बयान सिध्यायो ।

आइतबार राति पक्राउ परेका रायमाझीलाई सोमबार साँझ ४ बजेदेखि बयान सुरु गरेर साढे नौ बजे सिध्याइएको थियो ।

तर, रायमाझीभन्दा ६ दिन अगाडि पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको भने अझै बयान सकिएको छैन । मंगलबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान चलिरहेको छ ।

गत बुधबार पक्राउ परेका खाणको हिजो मात्रै बयान सुरु भएको हो । ५ दिनसम्म उनी बयान दिन तयारै भएका थिएनन् । बल्लतल्ल हिजो बयान दिए । तर, डेढघन्टा सोधपुछपछि उनले ‘पेट दुखेको’ गुनासो गरे । त्यसपछि डेढ घन्टामै हिजोको बयान स्थगित भयो ।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार खाँणले निकै सुस्त तरिकाले बयान दिइरहेका छन् ।

प्रतिक्रिया