बुधबार, जेठ २, २०८१

आर्मी र थ्रीस्टारको खेल बराबरीमा

नेपालखोज २०८० जेठ २ गते १७:२५

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लव र थ्रीस्टार क्लवले बराबरी खेलेका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र थ्रीस्टारले एक एक गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै आर्मी १८ खेलमा २५ अंक जोड्दै तालिकाको छैटौं स्थानमा पुगेको छ भने थ्रीस्टारले समान खेलबाट २६ अंक जोडेको छ ।

यसअघि पहिलो लिगको खेलमा थ्रीस्टारले त्रिभुवन आर्मीमाथि १–० गोलको जित निकालेको थियो ।

प्रतिक्रिया