आइतबार, असार २२, २०८२

सर्बोच्च अदालतको फैसलामा पुनरावलोकनमा जाने चौधरीको तयारी

नेपालखोज २०८० जेठ २ गते १९:५२

काठमाडौं । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी सर्बोच्च अदालतको फैसलामा पुनः पुनरावलोकनमा जाने भएका छन् ।

सर्वोच्च अदालतले आज गरेको फैसलामा उच्च अदालत दिपायलको जन्मकैदको सजायलाई सदर गरेपछि भएको भेटमा चौधरी फैसलाको पुनरावलोकनमा जाने विषयमा छलफल भएको अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

भेटमा पुनरावलोकनबाट न्याय प्राप्त हुने विश्वास राखेको उनले बताए । ‘मैले कसैको हत्या गरेको छैन, घटनामा म छैन, म जेठानको शोकमा थिएँ ।’चौधरीको भनाइलाई उदृत गर्दै अधिवक्ता नेपालले भने । चौधरीले समर्थक शुभेच्छुक सबैलाई शान्त रहन आग्रह समेत गरेको उनले बताए ।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो ।

अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च दिपायलले ठहर गरेको पाँच वर्ष कैद सजायलाई घटाएर तीन वर्ष सजाय ठहर गरेको जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक संसद्बाट पास हुनुअघि नै अदालतले दोषी ठहर हुने फैसला गरेको छ ।

उक्त घटनामा जेल सजाय भोगिरहेका गङ्गाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन् ।

प्रतिक्रिया