शनिबार, जेठ ५, २०८१

डिजेल र मट्टीतेलको मूल्य समायोजन, कति घट्यो मूल्य ?

नेपालखोज २०८० जेठ २ गते २०:१९

काठमाडौं । आज रातिबाट लागू हुने गरि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा बिक्रि हुदैँ आएको डिजेल र मट्टीतेल अब १५५ रूपैयाँ कायम भएको छ ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । मंगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

प्रतिक्रिया