मंगलबार, वैशाख ११, २०८१

आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

नेपालखोज २०८० जेठ ३ गते १६:४४

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेु; ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ । सो अफर अन्तर्गत् ग्राहकवर्गले प्रत्येक कारोवारमा एक सय रुपैंयाँसम्म १० प्रतिशत छुट पाउने छन् ।

अफर अन्तराल भरी सो छुट पाँच पटकसम्म प्राप्त गर्न सकिने छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् ।

यो अफर जेष्ठ १ देखि असार ३१ सम्म चल्ने छ । आइएमई पे र डिजी मार्ट बीचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो । यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको हो ।

प्रतिक्रिया