कोसी सरकारले प्रदेशसभाका सदस्यलाई ल्यापटप वितरण गर्ने
नेपालखोज
२०८० जेठ ३ गते १७:३६

काठमाडौं । कोसी प्रदेश सरकारले प्रदेशसभाका हरेक सदस्यलाई एक-एक थान ल्यापटप वितरण गर्ने भएको छ ।प्रदेशसभाका ९३ सदस्य र सात समितिका सचिवका लागि प्रदेश सरकारले कूल १०० थान ल्यापटप वितरण गर्न लागेकाे हाे ।
आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे पहलमा काेसी प्रदेशसभा सचिवालयलाई डेढ कराेड रुपैयाँ छुट्याइएकाे हाे । ल्यापटप खरिदका लागि प्रदेशको वेबसाइट र सार्वजनिक खरिद अनुगमन कार्यालयमा सूचना प्रकाशन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया