बुधबार, जेठ २, २०८१

आईपीए : पञ्जाबमाथि दिल्लीकाे जित

नेपालखोज २०८० जेठ ४ गते ५:१७

दिल्लीले पञ्जाबमाथि १५ रनले जित हात पारेको छ ।

दिल्ली क्यापिटल्स – २१३र२ (२० ओभर) रिले रुसो – ८२ नटआउट, साम करन २र३६

पञ्जाब किंग्स – १९८र८ (२० ओभर), लियाम लिभिङस्टोन – ९४ रन, एनरिक नोकिया – २र३६

म्यान अफ द म्याच -रिले रुसो

काठमाडाैं । आईपीएलको ६४औं खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई उसकै घरेलु मैदानमा हराएको छ । धर्मशालामा भएको खेलमा जितका लागि दिएको २१४ रनको लक्ष्यको जवाफमा पञ्जाब किंग्सले आठ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।

यो खेल दिल्लीले १५ रनले जित्यो । पञ्जाबका लागि लियाम लिभिङस्टोनले ९४ रन बनाए भने दिल्लीका लागि एनरिक नोकियाले २ विकेट लिए ।

यो हारपछि पञ्जाब किंग्सका लागि प्लेअफको ढोका झन्डै बन्द भएको छ । पञ्जाबको खातामा १२ अंक छ र अब उसले थप एक खेल मात्र खेल्नुछ।

योसँगै प्लेअफको दौडबाट बाहिरिएको दिल्लीको खातामा अब १० अंक छ र उ अंक तालिकाको नवौं स्थानमा छ ।

प्रतिक्रिया