प्रतिनिधिसभाको बैठक : सांसदकाे प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री
नेपालखोज
२०८० जेठ ४ गते ६:२५

काठमाडाैं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच आज प्रत्यक्ष प्रश्नोत्तर हुने संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।
साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया