प्रधानमन्त्री र सभामुखको छलफलले संसद बैठक बस्न ढिला
नेपालखोज
२०८० जेठ ४ गते ११:५३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल हुँदा संसद बैठक बस्न ढिला भएको छ ।
आज (बिहिबार) प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची भएपनि प्रधानमन्त्री र सभामुखको छलफलले बैठक बस्न ढिला भएको हो ।
प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग संसद भवन नयाँ बानेश्वरमा छलफल गरेका छन् ।
प्रधानमन्त्री र सभामुखको छलफल जारी रहेका कारण बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया