पत्रकार अधिकारी पुरस्कृत
नेपालखोज
२०८० जेठ ४ गते १५:२४

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले यस वर्षको मिडिया अवार्डबाट राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सिबी अधिकारीलाई प्रदान गरेको छ ।
नाट्टाको २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएबापत अधिकारीलाई कदर पत्र र २५ हजारसहित पुरस्कृत गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।
अधिकारीलाई करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी राससमा पर्यटनलगायत विषयमा कलम चलाउँदै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया