कोशीमा माओवादी र जसपालाई सरकारबाट बाहिरिन कांग्रेसको आग्रह
नेपालखोज
२०८० जेठ ४ गते १७:०८

विराटनगर । नेपाली काङ्ग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई तत्काल सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको हो ।
बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश सरकारसँग माग गरेको छ । त्यस्तै आन्दोलरत पक्षलाई पनि संयमता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया