मंगलबार, जेठ ८, २०८१

उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट

नेपालखोज २०८० जेठ ४ गते १७:३३

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य तथा कृषि सङ्गठनका सहायक महानिर्देशक तथा सङ्गठनको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधि जोङ–जिन किमले आज शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सहकार्यका विविध विषयमा विचार–विमर्श भएको थियो ।

सो क्रममा उपराष्ट्रपति यादवले नेपालले बहुपक्षीयताका मूल्य र सिद्धान्तको प्रवद्र्धन गर्दै आइरहेको जनाउँदै वर्तमान विश्व परिवेशका चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेकाे उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा सहायक महानिर्देशक किमले नेपाल सरकारसँगको सहकार्यमा तयार पारिएको पञ्चवर्षीय ‘नेपाल कार्यक्रम रणनीति’ सार्वजनिक गरेको जानकारी दिए । कृषि क्षेत्रमा हुने विकास अति कम विकसित मुलुकबाट स्तरोन्नतिका लागि महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया