नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ ४ गते २२:३८

संसदमा प्रधानमन्त्री र सांसदको प्रश्नोत्तर, सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने ।

शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ, दुई दिन हिरासतमा राख्न अदालतको अनुमति ।

चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी ।

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह ।

अनुसन्धानमा बाधा पुग्ने गरी दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल ।

नेपाल एयरलाइन्सले यही जेठ २९ गतेदेखि भैरहवादेखि मलेसिया उडान सुरु गर्ने ।

नेप्से ३२ अंकले बढ्दा एक अर्ब ४७ करोडको कारोबार ।

१३ वर्षपछि नेपालमा आईसीसी प्रतियोगिता हुने ।

‘ए’ डिभिजन लिगमा मनाङ र संकटाको बराबरी, मछिन्द्र र फ्रेन्डसले अंक बाँडे ।

प्रतिक्रिया