एक वैज्ञानिक ७४ दिनदेखि पानीमुनि
नेपालखोज
२०८० जेठ ५ गते १०:१४

काठमाडाैं । एक अमेरिकी प्राध्यापकले सबैभन्दा लामो समय पानीमुनि बस्ने कीर्तिमान बनाएका छन् । अमेरिकाका एक विश्वविद्यालय प्राध्यापक जोसेफ डितुरीले ३० फिट गहिराइमा ७४ दिन पानीमुनि बसेर उक्त कीर्तिमान बनाएका हुन् ।
प्राध्यापक दितुरीले ७३ दिन दुई घण्टा ३४ मिनेटको यसअघिको कीर्तिमान तोडेका छन् । यो कीर्तिमान सन् २०१४ मा टेनेसीका दुई प्रोफेसर ब्रुस क्यान्ट्रेल र जेसिका फेनले बनाएका थिए ।
प्रोफेसर डितुरी मार्च १ मा फ्लोरिडाको की लेकमा रहेको स्कुबा डाइभिङ सुविधामा पानीमा प्रवेश गरेका थिए। डा. दीप सी भनेर चिनिने प्रोफेसर दितुरीले माइक्रोवेभमा पकाएको अण्डा र माछा खाएर समय बिताए।
उनी दैनिक व्यायाम पनि गर्थे । प्रोफेसर दितुरी अझै पानीबाट बाहिर आएका छैनन्। उनी अझै त्यहाँ बस्न चाहन्छन् र १०० दिन पूरा गरेर बाहिरिने सुरमा छन् ।
सम्बन्धित
प्रतिक्रिया