नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक सुरु
नेपालखोज
२०८० जेठ ५ गते १२:४५

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान दिँदै कृषि उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया