शुक्रबार, जेठ ३१, २०८२

भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला

नेपालखोज २०८० जेठ ५ गते १५:२३

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन् ।

नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भने, ‘मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।’

सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए । ‘जसले पत्रकारिता बुझेको छ, समाचार स्रपे्रषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।’ नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए ।

प्रतिक्रिया