आइतबार, असार २२, २०८२

‘कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ’

नेपालखोज २०८० जेठ ५ गते १७:३३

काठमाडौं । कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज यहाँ आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा उनले सरकारको तर्फबाट कार्यसम्पादन गर्ने जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी जवाफदेही हुनुपर्ने बताएका हुन् ।

उनले प्रदेश सरकार र स्थानीय तहले ८० प्रतिशत बजेट सङ्घबाट नै प्राप्त गर्ने भएकाले बजेटको सही सदुपयोग हुनुपर्ने भन्दै कर्मचारीहरुले सकेसम्म कार्यालयको बेरुजु घटाउनुपर्नेमा जोड दिए ।

प्रमुख सचिव डा. काफ्लेले प्राकृतिक स्रोतको परिचालन एवम् व्यवस्थापन उचित ढङ्गले गर्नुपर्ने सुझाव दिँदै सरकारको साधन र स्रोत खर्च हुने तर प्रतिफल नआउने किसिमको हुननहुने धारणा राखे ।

उनले खुला सीमानाका कारण हुने चोरी पैठारीतर्फ सुरक्षा निकायको ध्यान जानुपर्ने भन्दै सार्वजनिक सम्पतिको संरक्षण र उपयोग सही ढङ्गले गर्नुपर्ने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले विकास निर्माणका कार्यालयले एकआपसमा समन्वय गरेर आफ्ना कार्यसम्पादन गर्न निर्देशन दिए ।

प्रतिक्रिया