‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको ब्याख्या भाग १ र २’ सार्वजनिक भएको छ ।
पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा. रामवरण यादवले आज सार्वजनिक गरे । पुस्तकले कानुनको शासन कायम गर्ने विषय खुलेर वकालत गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा. यादवले सङ्घीयतासहितको संविधान उत्कृष्ठ रहेको र यसको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पुस्तक पढ्न र आफ्नो अनुभव साट्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘तुलनात्मक अध्ययन गर्न, संविधान निर्माणका क्रममा भएको संविधानको मर्म र सङ्घीयता बुझ्नका लागि पुस्तक निकै महत्वपूर्ण छ । न्यायाधीश, अधिवक्ता र कानुनका विद्यार्थीका लागि पुस्तक उपयुक्त छ ।’
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सङ्घीयतामा समावेशिता अनिवार्य हुनुपर्ने भए पनि लक्षित वर्गले सो प्रावधानको फाइदा लिन नसकेको टिप्पणी गरे ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले पुस्तक लेख्नु सामान्य कुरा नभएको र लेखनका लागि सदा प्रेरणा मिलोस् भन्ने शुभकामना दिए ।
प्रतिक्रिया