सोमबार, वैशाख १७, २०८१

‘ए’ डिभिजन लिग : थ्रीस्टार र सातदोबाटो भिड्दै

नेपालखोज २०८० जेठ ६ गते ८:४३

काठमाडाैं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटामात्रै खेल हुने भएको छ । आजको खेलसँगै लिगको १९औं चरण समाप्त हुने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने खेलमा थ्रीस्टार र सातदोबाटो युथ क्लब आमने सामने हुने छन् । दुवै टिम समान २६ अंकका साथ तालिकाको चौथो र पाँचौं स्थानमा रहेका छन् ।

सातदोबाटो चौथो स्थानमा रहँदा थ्रीस्टार पाँचौं स्थानमा छ । सातदोबाटो आठौं जितको खोजिमा हुँदा थ्रीस्टार पनि सातौं जितको खोजिमा रहने छ ।

जारी लिगमा चर्च ब्वाइज युनाइटेड ३६ अंकका साथ शीर्ष स्थानमा रहँदा जावलाखेल युथ क्लब ३२ अंकका साथ दोस्रो स्थानमा छ ।   

प्रतिक्रिया