सोमबार, असार २३, २०८२

बुद्ध एयरको विमानमा मुसा भेटिपछि उडान स्थगित

नेपालखोज २०८० जेठ ६ गते १२:०४

जनकपुरधाम । जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित गरिएको छ ।

आज बिहान ४९ यात्रु बोकेर बुद्ध एयरको विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटियो । विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए ।

उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको छ । अब उडान परीक्षणपछि मात्र हुनेछ । विमान होल्डपछि यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया