११ बुँदे सहमतिपछि सांसद सञ्जय गौतमले तोडे अनशन
नेपालखोज
२०८० जेठ ६ गते १७:३५

काठमाडौं । बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद सञ्जयकुमार गौतमले आज आठौं दिनमा आमरण अनशन तोडेका छन् ।
बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।
पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि अनशन गौतम अनशन बसेका थिए । गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला शनिबार बारबर्दिया नगरपालिका–११ स्थित अनशनस्थलमा नै गएका थिए ।
सम्बन्धित
प्रतिक्रिया