सोमबार, वैशाख १७, २०८१

‘ए’ डिभिजन लिग : सातदोबाटोसँग थ्री स्टार पराजित

नेपालखोज २०८० जेठ ६ गते २०:१७

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई हराएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सातदोबाटोले थ्री स्टारलाई २-० गोल अन्तरले हराएको छ ।

१९ औं चरण अन्तर्गत सातदोबाटोले थ्रीस्टार क्लबमाथि २–० गोल अन्तरको जित दर्ता गरेको हो । आजको जितसँगै सातदोबाटोले शीर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अझैं ७ अंकले पछि रहेको छ ।

सातदोबाटोको यो आठौं जित हो । सातदोबाटोले १९ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौंथो स्थानमा रहेको छ । थ्री स्टार १९ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया