नेपालखोज दिनभर : खबर सारांश
देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकाे भनाइ ।
सरकारले उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाब कार्यान्वयन गर्ने घोषणा ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भने काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ ।
वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दै कर्णाली सरकार ।
नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने मन्त्री सुदन किरातीकाे भनाइ ।
संघीय सांसद एवं पूर्व सिँचाइ मन्त्री संजयकुमार गौतमले आठौं दिनमा अनसन तोडे ।
मोबाइल व्यवसायीहरु समस्यामा छन्, मार्जिन बढाउनुपर्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीका ‘अतिवादी’ माग स्वीकार नगर्ने चेतावनी दिएपछि अमेरिकी कर्जा नतिर्ने विषयमा वार्ता जारी ।
भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता ।
आईपीएल लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७७ रनको सानदार जित निकाल्दै चेन्नईले प्लेअफमा ।
थ्री स्टार सातदोबाटोसँग २-० गोल अन्तरले पराजित ।

प्रतिक्रिया