शनिबार, जेठ ३२, २०८२

एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

नेपालखोज २०८० जेठ ७ गते ७:१२

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज विरोधसमेत जनाउने छन् ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।

प्रतिक्रिया