प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय
नेपालखोज
२०८० जेठ ७ गते ११:४७

काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ ।
उनी आउँदो १५ गते हुने बजेट भाषण लगत्तै आफ्नो पहिलो विदेश यात्राका रूपमा भारत जाने भएका हुन् ।
स्रोतका अनुसार जेठ १७ गते प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गर्ने विषयमा दुवै पक्षबीच लगभग सहमति भइसकेको छ । भ्रमणका क्रममा हुने वार्ता र सम्झौताका मस्यौदाहरू आदानप्रदान भइरहेको स्रोतले बतायो ।
‘दुवै पक्षबाट भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ,’ स्रोतले भन्यो ।
सम्बन्धित
प्रतिक्रिया