सरकारले उखुलाई उधारो बाली बनायो : अमरेशकुमार सिंह
नेपालखोज
२०८० जेठ ७ गते १२:०३

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले उखु किसानलाई उपेक्षित गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले उखु किसानलाई कुनै सुविधा नदिएर यसलाई उधारो बाली बनाएको बताए ।
उखु नगदे बाली हो । सरकारले उधारो बाली बनाएको छ । किसानलाई न मल दिन्छ, न बिउ दिन्छ । कृषकले उखु उत्पादन दिन्छ । सरकारले उधारोमा अड्काइदिन्छ,’ सिंहले भने ।
उखुको पैसा नपाउँदा कृषकलाई धान बालीका लागि बिउ किन्न समस्या भइरहेको पनि उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया