‘सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोज्दै छ’
नेपालखोज
२०८० जेठ ७ गते १२:२२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमले देशको बास्तबिक यथार्थलाई लुकाउन खोजेको बताएका हुन् ।
देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको उनले बताए ।
दुई महिना पुग्दानपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेको भन्दै उनले विशाल हृदयका साथ आफूले नीति तथा कार्यक्रमको दस्तावेज सुनेको र पढेको बताए ।
सम्बन्धित
प्रतिक्रिया