शुक्रबार, जेठ ३, २०८२

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली

नेपालखोज २०८० जेठ ७ गते १२:३८

काठमाडौं । काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेखेका छन् ।

पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उनका सुपुत्र राहुलले पितालाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

‘बाबा, तपाईं सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,’ राहुल गान्धीले हिन्दीमा ट्वीट गर्दै लेखेका छन् । साथै उनले आफ्नो पिताको जीवनकालका विभिन्न क्षणका भिडियो पनि सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया