बुधबार, असार ४, २०८२

राष्ट्र बैंकले पुनः ३४ अर्ब २० करोड रुपैयाँको ट्रेजरी आव्हान

नेपालखोज २०८० जेठ ७ गते १४:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने जेठ नौ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको चार अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने विसं २०८० असार पाँच गते, वि.सं २०८० भदौ पाँच गते, विसं २०८० मङ्सिर पाँच गते र विसं २०८१ जेठ आठ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुमा ९१ दिने अवधिको दुई अर्ब रुपैयाँको ट्रेजरी बिल नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरण अन्त्रगतका रहेका छन् ।

यसअघि यही जेठ एक गते पनि राष्ट्र बैकले २४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया