शनिबार, जेठ ३२, २०८२

राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान

नेपालखोज २०८० जेठ ७ गते १४:१२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको जानकारी दिएका छन् ।

जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

‘हामीले जेठ १–१५ गतेसम्म देशैभरि पुग्नेगरी अभियान सुदूरपश्चिम र बागलुङबाट थालेका छौँ’, महासचिव भट्टले भने, ‘सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आइपुगेको छ भने दोस्रो टोली पूर्वी नेपालको बारासम्म पुगेको छ ।’

सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागत योग्य भए पनि त्यसको गन्तव्य कहाँसम्म हो भन्ने यकीन नभएको उनको भनाइ थियो ।

महासचिव भट्टले देशमा राजनीतिक स्थायीत्व, आर्थिक विकास, जनजीविकाका विविध पक्ष एवं भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई जागरुक बनाउन जनमोर्चाले यो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पारे ।

प्रतिक्रिया