शनिबार, जेठ ३२, २०८२

बागमतीमा ६ मन्त्रीले लिए शपथ

नेपालखोज २०८० जेठ ७ गते १६:३०

काठमाडौं । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिए ।

यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिएका छन् ।

प्रतिक्रिया