बिहीबार, वैशाख २०, २०८१

संसारको सबैभन्दा पातलो फाइभ जी स्मार्टफोन

नेपालखोज २०८० जेठ ७ गते १६:५५

स्मार्टफोन निर्माता कम्पनी मोटोरोलाले मे २३ मा ‘मोटोरोला एज ४०’ लन्च गर्ने भएको छ । कम्पनीले यो विश्वको सबैभन्दा पातलो फाइभ जी स्मार्टफोन IP68 अंडरवाटर प्रोटेक्शनयुक्त भएको दाबी गरेको छ ।

मोटोरोलाले आधिकारिक वेबसाइट तथा सोशल मिडियाहरूमा यो स्मार्टफोनका बारेमा जानकारि दिएको छ । कम्पनीले ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको यो स्मार्टफोन ४५ हजार सम्ममा लन्च गर्नेछ ।

मोटोरोला एज ४० को स्पेसिफिकेसन

डिस्प्ले : मोटोरोला एज ४० मा १४४ हर्ज थ्री डि कर्भ ६.५५ इन्च फुल एचडि प्लस पोलेड डिस्प्ले दिइएको छ । यसमा ३६० हर्ज टच सेम्पलिङ रेट तथा एचडिआर प्लस समर्थन उपलब्ध हुन्छ । यसको डिस्प्लेमा १२०० निट्सको ब्राइटनेस उपलब्ध हुनेछ ।

हार्डवेयर तथा सफ्टवेयर : यो फोनमा पर्फर्मेन्सका लागि मीडियाटेक डाइमेन्सिटी ८०२० प्रोसेसर दिइएको छ । यो प्रोसेसर भएको यो संसारको पहिलो स्मार्टफोन हुने कम्पनीको दाबी छ । यसका साथमा यो फोनमा 8GB LPDDR4X RAM तथा 256GB UFS 3.1 भण्डारण उपलब्ध हुनेछ । Motorola Edge 40 मा आउट-अफ-द-बक्स एन्ड्रोइड 13 उपलब्ध हुनेछ।

क्यामेरा : फोटोग्राफीका लागि यो फोनमा डुअल क्यामेरा सेटअप दिइएको छ । यसमा ५० एमपी प्राइमरी क्यामेरा तथा १३ एमपी अल्ट्रा वाइड तथा माइक्रो भिजन लेन्स जडान गरिएको छ । यसमा सेल्फी र भिडियो कलिङका लागि पन्च होल डिजाइनसहितको ३२ एमपी क्यामेरा दिइएको छ ।

ब्याट्री र चार्जिङ : पावर ब्याकअपका लागि यो फोनले 68W ब्लेजिङ फास्ट चार्जिङ सपोर्टका साथ 4400mAh को ब्याट्री प्राप्त गर्नेछ । Motorola Edge 40 स्मार्टफोनले 15W वायरलेस चार्जिङ तथा 5W रिभर्स वायरलेस चार्जिङलाई पनि सपोर्ट गर्दछ ।

कनेक्टिभिटी अप्सन : कनेक्टिभिटीका लागि यो फोनमा 14 5G ब्यान्डहरू, 4G, 3G, Wi-Fi 6, ब्लुटुथ, GPS, NFC, इन-डिस्प्ले फिंगरप्रिन्टका साथ USB टाइप C चार्जर गर्नेउपलब्ध हुनेछ ।

मोटोरोला एज ४० भेगन लेदर फिनिशका साथ ग्लास रियर प्यानलमा आउनेछ। यो स्मार्टफोन भेगन लेदर फिनिसमा दुई रंग (एकलिप्स ब्ल्याक र नेबुला ग्रीन कलर) मा उपलब्ध हुनेछ ।

प्रतिक्रिया